ad ad

कला


भुवन केसीविरुद्ध आन्दोलन गर्न देशभरका हल व्यवसायी काठमाडौंमा

भुवन केसीविरुद्ध आन्दोलन गर्न देशभरका हल व्यवसायी काठमाडौंमा

नेपालखबर
पुस ६, २०७९ बुधबार १२:२५, काठमाडौँ

नेपालभरका फिल्म हल व्यवसायी काठमाडौं आएका छन्। चलचित्र विकास बोर्डविरुद्ध आन्दोलन गर्न उनीहरु काठमाडौंमा भेला भएका हुन्।

आज दिउँसो विकास बोर्डको कार्यालयमा भेला भएर आन्दोलनको स्वरुप तय गर्ने उनीहरुले बताएका छन्। नरेन्द्र महर्जनले आज दिउँसो हुने राष्ट्रिय भेलाले बोर्डविरुद्ध आन्दोलनको खाका तयार गर्ने बताएका छन्। 

काठमाडौंलगायत देशका ८० भन्दा धेरै हलका सञ्चालक काठमाडौंमा भेला भएका छन्। बोर्डले अनावश्यक बहानामा दुःख दिएको र वितरक तथा प्रदर्शकलाई व्यवसायबाटै विस्थापन गर्ने खालका क्रियाकलाप हुन थालेकाले आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको हल सञ्चालकहरुले जनाएका छन्। 

आन्दोलनको स्वरुप तय गर्नुअघि बोर्डका अध्यक्ष भुवन केसीले वार्ताका लागि पत्र काटेका छन्। तर हल सञ्चालकहरु वार्तामा गएनन्। एक साताअघि नै फिल्म सेन्सर गर्नुपर्ने, १० बजेपछि फिल्म देखाउन नपाइने र विश्वकप फुटबल देखाउन अवरोध गरेकोसहित सिंगल स्क्रिनका समस्याका कारण प्रदर्शकको छाता संस्थाले बोर्डप्रति असन्तुष्ट छ। 

चलचित्र विकास बोर्डले पहिलोपटक आफूहरुलाई दुःख दिएको  आरोप उनीहरुले लगाएका छन्। यो दुःख भुवन केसी बोर्डको अध्यक्ष  भएपछि सुरु भएको हो । त्यसैले हल सञ्चालकहरुले बोर्डविरुद्धको आन्दोलन भने पनि यो आन्दोलन भुवन केसीविरुद्धको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .