गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहबीच सम्बन्ध–बिच्छेद भएको छ।
मुद्दा दर्ता गरेको भोलिपल्टै बुधबार काठमाडौ जिल्ला अदालतमा उनीहरुको सम्बन्ध विच्छेद भएको हो।
न्यायाधीश विदुर कोइरालाको इजलासले सम्बन्ध विच्छेदको निर्णय सुनाएको जिल्ला अदालतका श्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिए।
‘गायक ढकाल र उहाँकी पत्नीबीच सम्बन्ध विच्छेद भएको छ’, नेपालखबरसँग कुरा गर्दै श्रेष्तेदार श्रेष्ठले भने, ‘श्रीमतीले अंश नलिने, छोरी आमाको जिम्मामा रहने र बाबुलाई बेलाबेलामा भेटन दिने शर्तमा सम्बन्ध विच्छेद भएको हो।’
केही समय अघिदेखि ढकाल दाम्पती सम्बन्ध विच्छेदको निर्णयमा पुगेका थिए। सँगै रहन नसक्ने भएपछि मंगलबार सम्बन्ध विच्छेदका लागि उनीहरुले सहमतिमै अदालतमा निवेदन दिएको बताइएको छ।
मुलुकी देवानी संहिता, २०७४ ले पति तथा पत्नी दुवैले चाहेमा जुनसुकै बेला पनि सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था गरेको छ।
Shares
प्रतिक्रिया