त्रिभुवन आर्मी क्लबकी दिपा राई प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। उनले स्कुटर प्राप्त गरिन्।
उपाधि भने एपीएफले जितेको छ। आर्मी क्लबलाई बुधबार २–० ले हराउँदै एपिएफ लगाचार पाँचौं पटक च्याम्पियन बनेको हो। एपीएफलाई जित दिलाउन सरु लिम्बु र रेखा पौडेलले गोल गरेका थिए।
एपीएफले उपाधिसहित ३ लाख रुपैयाँ र आर्मीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्याे। एपीएफकी सावित्रा भण्डारी प्रतियोगिताको उत्कृष्ट फरवार्ड घोषित हुँदा सोही टोलीकी एन्जिला तुम्बापाे सु्ब्बा उत्कृष्ट गोलकिपर र जनक सिंह उत्कृष्ट प्रशिक्षक घोषित भए।
आर्मीकी पुजा राना उत्कृष्ट रक्षक र भुटानको राष्ट्रिय टोलीकी पेमा छोडेन छिरिङ उत्कृष्ट मिडफिल्ड घोषित भइन्। उत्कृष्टले समान १० हजार रुपैयाँ प्राप्त गरे। आर्मीकी बिमला विके उदयीमान खेलाडी चुनिइन्। उनलाई सैनिक श्रीमती संघले २५ हजार ५ रुपैयाँबाट पुरस्कृत गर्याे।
मंसिर २९ गतेबाट सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो।
Shares
प्रतिक्रिया