ad ad

कला


बलिउड अभिनेत्री समीरा पहिलो अडिसनको असफलताले २ वर्ष रोइन्!

बलिउड अभिनेत्री समीरा पहिलो अडिसनको असफलताले २ वर्ष रोइन्!

नेपालखबर
माघ २२, २०७९ आइतबार ११:४५, काठमाडौँ

बलिउड अभिनेत्री समीरा रेड्डी आफ्ना पुराना तस्बिर सार्वजनिक गरिरहेकी हुन्छिन्। उनले पछिल्लोपटक आफ्नो पहिलो अडिसनका तस्बिरहरू सेयर गरेकी छन्। उनका सार्वजनिक तस्बिर झन्डै २५ वर्ष पुराना छन्।

तस्बिर पोस्ट गर्दै समीराले आफ्नो पहिलो फिल्मको अडिसनको समयका अनुभव पनि सार्वजनिक गरेकी छन्। पहिलोपटक नर्भस भएर सुटिङ गर्न नसकेको उनले बताएकी छन्। करियरको पहिलो अडिसन नै खराब भएपछि निकै रोएकी उनले दुई वर्ष अभिनयबाट ब्रेक लिएकी थिइन्।

इन्स्टाग्राममा तस्बिर सेयर गर्दै मीराले लेखेकी छन्, ‘सन् १९९८ का मेरो पहिलो अडिसनका तस्बिरहरू। यो फिल्ममा महेश बाबुसँग काम गर्नुपर्ने थियो। मैले काम गर्न सकिनँ र घर आएपछि धेरै रोएँ।’

दुई वर्षपछि उनले पंकज उदासको म्युजिक भिडिओ ‘आहिस्ता किये बातेुं गरें’मा काम गरिन्। समीराको पहिलो म्युजिक भिडिओ ‘आहिस्ता’को फ्यानहरूले तारिफ गरेका छन्। 

समीराले सोहेल खान स्टारर फिल्म ‘मैने दिल तुझको दिया’बाट आफ्नो करियर सुरु गरेकी थिइन्। तर, यो फिल्म बक्स अफिसमा सफल हुन सकेन। यसपछि समीराले ‘रेस, दे दना दन, वन टु थ्री, मुसाफिर, आक्रोश, नक्ष, तेज’ लगायत फिल्ममा अभिनय गरिन्।  तर, अधिकांश फिल्म मल्टिस्टारर मात्र भएकाले उनको करियरले खासै पिकअप लिन सकेन।

पछिल्लो समय समीरा फिल्म उद्योगमा सक्रिय छैनन्। तर उनी सामाजिक सञ्जालमा आफ्ना पुराना दिनको सम्झना गरिरहेकी हुन्छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .