ad ad

कला


‘मिसेस् युनिभर्स’मा अनिलालाई दुई उपाधि

‘मिसेस् युनिभर्स’मा अनिलालाई दुई उपाधि

नेपालखबर
पुस १५, २०७६ मंगलबार १४:११,

चीनको ग्वान्जोमा आयोजित ‘मिसेस् युनिभर्स २०१९’मा नेपालकी अनिला श्रेष्ठले दुई उपाधि जित्न सफल भएकी छन्। उनले प्रतियोगीतामा सेमिफाइनलिष्ट र मिसेज लोयलको उपाधि हात परेकी हुन्।

सोमबार अर्थात डिसेम्बर ३० मा ग्वान्जो नान्सा जिम्नाजियममा सम्पन्न यो प्रतियोगिता ‘मिसेस् युनिभर्स’ ४२औं संस्करण हो। प्रतियोगिता ९० देशका विवाहिता महिला सुन्दरीहरुको सहभागीता रहेको थियो।

उनलाई ईप्लानेट प्रा.लिले ‘मिसेस् नेपाल युनिभर्स २०१९’ उपाधिका साथ उक्त प्रतियोगितामा पठाएको थियो। प्रतियोगितामा शिर्ष उपाधि भने म्यानमारले जितेको थियो।

आफुलाई फेसन कोरियोग्राफरका रुपमा स्थापित गर्न सफल अनिला श्रेष्ठ २००५देखि प्याजेन्ट क्षेत्रमा उदाएकी थिइन्। ग्रीन आर्टस् मिडियाका कार्यक्रम निर्देशक र कोरियोग्राफर समेत रहेकी अनिला हेरिटेज प्याजेन्टस् र मिस ईको इन्टरनेसनलका लागि नेपालका नेसनल डारेक्टर समेत हुन्।

एक दशक भन्दा लामो समय प्याजेन्ट क्षेत्रमा बिताइसकेकी अनिलाले थुप्रै सौन्दर्य प्रतियोगिताहरुमा कोरियोग्राफरका रुपमा काम गरिसकेकी छिन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .