ad ad

कला


आजदेखि प्रदर्शनमा आयो चलचित्र ‘बहाव’

आजदेखि प्रदर्शनमा आयो चलचित्र ‘बहाव’

नेपालखबर
चैत २४, २०७९ शुक्रबार १०:९, काठमाडौँ

नेपाली चलचित्र ‘बहाव’ आजदेखि प्रदर्शनमा आएको छ। प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको सो चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालबीचको वैचारिक द्वन्द्वलाई प्रस्तुत गरिएको छ। 

निर्देशक कँडेलले केही घटनाक्रम आफैँसँग मिल्दो रहेको जानकारी दिए। 

‘मेरो जीवनको केही भोगाई चलचित्रमा एउटा पात्रमार्फत प्रस्तुत गरिएको छ। यो हाम्रै समाजसँग जोडिएको कथा हो’, कँडेलले भने, ‘कथ्यशैलीमा केही परिवर्तन ल्याउने प्रयाश गरेका छौँ। यसमा चलचित्र बन्ने नियमलाई तोडेर प्रयोग गरिएको छ।’

चलचित्रमा चितवन वरपरको परिवेशलाई देख्न पाइने छ। अभिनेत्री पन्तले चलचित्रमा सन्ध्याको भूमिका निर्वाह गरेका छन्।

छायाङ्कन अवधिभर एकै परिवार भएर समय बिताएको उनी बताउँछन्। 

‘हामीले भूमिकालाई जीवन्त बनाउन चलचित्रभित्र देखिएझैँ परिवार बनेर केही समय बितायौँ। यसमा समाजको नदेखिएको पाटोलाई उजागर गर्ने कोशिश गरिएको छ। यो केवल मनोरञ्जन मात्र होइन’, अभिनेत्री पन्तले भनिन्, ‘मेरो जीवनसँग पनि केही मेल खान्छ। जीवनलाई फरक किसिमले बुझ्ने मौका पाएकी छु।’

अभिनेता नेपालले एउटा दृश्यमा अभिनेत्री पन्तसँग अभिनय गर्दा भावुक भएको बताए। ‘हामीले समाजको चरित्र लिँदा त्यसको सारतत्व लिने हो । सन्ध्याको चरित्र निर्वाह गरिरहँदा मैले मेरो बुबा अथवा काकाबाट आफ्नो सारतत्व लिएको थिएँ । सन्ध्या र मबीच संवाद हुँदा त्यो दृश्यले मलाई भावुक बनायो’, नेपालले भने, छदर्शकले यो दृश्य हेर्दा कहीँ न कतै आफूलाई पाउनुहुनेछ।’

निर्माता श्रीधर पौडेलले यस अगाडि चलचित्र ‘गोपी’ निर्माण गरेका थिए। 

‘जिज्ञासा, विचार अनि यथार्थको कथाको भाव व्यक्त गर्ने चलचित्र ‘बहाव’ मा अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठलगायतले अभिनय गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .