ad ad

कला


बुसान फिल्म फेस्टिभलको रेड कार्पेटमा देखिए नेपाली कलाकार

बुसान फिल्म फेस्टिभलको रेड कार्पेटमा देखिए नेपाली कलाकार

नेपालखबर
असोज १७, २०८१ बिहिबार १७:२, काठमाडौँ

कोरियामा २९औँ बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल सुरु भएको छ। बुधबार साँझ सुरु भएको फेस्टिभलमा विश्वभरका फिल्म निर्मातादेखि निर्देशक र कलाकारहरु रेड कार्पेटमा देखिए।

जहाँ बुसानको ‘एसियन विन्डो’ छनोट भएको नेपाली फिल्म ‘पूजा, सर’ का निर्माता र कलाकार पनि रेड कार्पेटमा देखिए।

कलाकारहरू निकिता चाण्डक, दयाहाङ राई, आशा मगराती, पशुपति राईसहित निर्माता तथा निर्देशक रामबाबु गुरुङ बुसान फेस्टिभलमा पुगेर रेड कार्पेट नापे। 

कलाकारहरूले तस्बिर÷भिडिओहरू राख्दै बुसानमा सहभागी हुँदा निकै खुसी लागेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। 

यस वर्षको मानार्थ एसियाली फिल्ममेकरको अवार्ड प्रसिद्ध जापानी फिल्ममेकर कियोशी कुरोसावालाई प्रदान गरिएको थियो।

त्यसैगरी, ओपनिङ समारोहमा नेटफ्ल्क्सिको बहुचर्चित कोरियन सिरिज ‘स्क्विड गेम’का स्टार लि जुङ जे लगायत चर्चित सेलेव्रिटी उपस्थित रहे। 

नेपालको छायांकन गन्तव्य प्रवर्न्धनको लागि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी बुसान फेस्टिभलमा सहभागी हुँदैछन्। डिसी शुक्रबार कोरियातर्फ प्रस्थान गर्ने सेड्युल रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .