बलिउड अभिनेता सलमान खानलाई लगातार ज्यान मार्ने धम्की आइरहेको छ। यी सबैको बीचमा उनले नयाँ बुलेटप्रुफ गाड़ी शामिल जोडेका छन्।
सलमानले ‘निसान’ कम्पनीबाट सबैभन्दा महँगो सेतो ‘निसान पेट्रोल’ बुलेटपुफ्र कार किनेका हुन्।
हालै मात्रै उनलाई मार्ने धम्की सहितको मेल आएको थियो। त्यसपछि सलमानले यो कार किनेका हुन्।
सुरक्षाका दृष्टिकोणले यो कार विशेष मानिन्छ। दक्षिण एसियाली बजारमा सबैभन्दा लोकप्रिय र महँगो मानिएको यो कार हाल भारतीय बजारमा उपलब्ध छैन। सलमानले यो कार विदेशबाट आयात गरेका हुन्।
सलमान खानलाई लामो समयदेखि ज्यान मार्ने धम्की आइरहेको छ। यसैबीच बुधबार पत्रकार सम्मेलन गर्दै ‘भाइजान’ले पहिलोपटक यस विषयमा बोलेका थिए।
उनलाई सोधिएको थियो, ‘सलमान सर, तपाई पुरै भारतको भाइजान हुनुहुन्छ। यस्तो अवस्थामा तपाईलाई आउने धम्कीलाई कसरी हेर्नुहुन्छ?’
जवाफमा सलमानले मुस्कुराउँदै भने, ‘शुद्ध भारत के भाईजान नही हैं, किसी की जान भी हैं हम।’ (म धेरैको जीवन हुँं। भाइजान दाजुभाइहरूका लागि हो। धेरै मेरो दिदी बहिनी बन्न चाहान्छन्।)
सलमानको जवाफले उनका फ्यान निक्कै खुशी भएका थिए।
Shares
प्रतिक्रिया