छुट्टाछुट्टै समयको रिलिज डेट लिएर प्रचारमा उत्रिएका निर्देशक सुदर्शन थापा र विकासराज आचार्य एकै समयमा भिड्ने भएका छन्।
निर्माताको उजुरीपछि निर्धारित समयमा रिलिज हुन नपाएका ‘प्रसाद २’ र ‘नाइँ नभन्नु ६’ एकै मितिमा रिलिज हुने भएका छन्।
गत शुक्रबार रिलिजको तयारीमा रहेको ‘प्रसाद २’ निर्माताको ठगीको उजुरीपछि स्थगीत भएको थियो। वैशाख १ गतेबाट पोष्टपोन्ड भएको फिल्म ‘नाई नभन्नु ल ६’ विरुद्ध पनि चलचित्र विकास बोर्डमा उजुरी परेको थियो। यी दुवै फिल्म अब वैशाख १५ बाट रिलिज हुने भएका छन्।
आँचल शर्मा, आर्शिवाद क्षेत्री, सरोज खनाल, प्रियंका कार्की, केकी अधिकारी लगायतका कलाकारको अभिनय रहेको ‘नाइँ नभन्नु ल ६’ रिलिजको तयारी सहित आक्रामक प्रचारमा थियो। रिलिजको अन्तिम समयमा फिल्म पोष्टपोन्ड गरिएको थियो।
चैत्रको २४ गतेबाट पोष्टपोन्ड भएको फिल्म ‘प्रसाद २’ र ‘नाइँ नभन्नु ल ६’ दुबै हिट फिल्मका सिरिज हुन्। यी दुवै फिल्मलाई लिएर नेपाली फिल्म उद्योग आशावादी थियो।
Shares
प्रतिक्रिया