ad ad

कला


रक्तिम सांस्कृतिक अभियानको अध्यक्षमा गिरीप्रसाद बुढा

रक्तिम सांस्कृतिक अभियानको अध्यक्षमा गिरीप्रसाद बुढा

नेपालखबर
बैशाख ३, २०८० आइतबार १२:५८, काठमाडौँ

रक्तिम सांस्कृतिक अभियानको अध्यक्षमा गिरीप्रसाद बुढा चयन चयन भएका छन्।

वैशाख १ गतेदेखि बुटवलमा सुरु भएको रक्तिमको चौथो राष्ट्रिय सम्मेलनले गिरीप्रसाद बुढा (रुकुम) को अध्यक्षतामा १९ पूर्ण र ६ वैकल्पिक गरी २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ भने १३ सदस्यीय केन्द्रीय सल्लाहकार परिषद र ८१ सदस्यीय सांस्कृतिक सभा पनि गठन गरेको छ।

वरिष्ठ उपाध्यक्ष जीवन शाही (सुर्खेत), उपाध्यक्षमा मोहराज चालिसे (चितवन), र बाबुराम शर्मा (कैलाली) चयन भएका छन्।

यस्तै, महासचिवमा हेमराज आश्रम (काठमाडौं) चयन भएका छन् भने सचिवमा सहविन अर्गेजा (बागलुङ) र कोषाध्यक्षमा अनन्तराज आचार्य (दाङ) चयन भएका छन्।

सदस्यहरुमा मेस्मा पुन (काठमाडौं), विष्णु केसी (अर्घाखाँची), उषा तरामी मगर (गुल्मी), विशाल राई (सुनसरी), सुवर्ण भट्टराई (बारा), शोभा गोपाली (मकवानपुर), तमबहादुर रोका (कास्की), जगत विक (प्युठान), सीता बस्याल (रुपन्देही), हिक्मत शाही (कालिकोट) मञ्जु परियार (कञ्चनपुर) र सुरज सुनार (नवलपुर) रहेका छन्।

यस्तै, वैकल्पिक सदस्यमा मानबहादुर नेपाली (कपिलवस्तु), दिलीप परियार (बागलुङ), हरि सर्तुङ्गी मगर (गुल्मी), दीपक गोले (रौतहट), सविता ठाडामगर (सुर्खेत), दीपक पन्थी अर्घाखाँची रहेका छन्।

पूर्वअध्यक्ष रेम रानाको संयोजकत्वमा गठन भएको केन्द्रीय सल्लाहकार परिषदको सदस्यहरुमा तेजेन्द्र थापा, देवी शर्मा, मिना बुढाथोकी, सुशिला थापा, थुमराज ढुंगाना, गीता थापा, दानबहादुर थापा, नरमाया थापा, नेत्र राना, जीवन पुन, टीकासंगम र दानबहादुर सारु रहेका छन्।

रक्तिमको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन वैशाख १ गते राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गरेका थिए। तीन दिन चलेको सम्मेलनको बन्दसत्रले संगठनात्मक प्रतिवेदन पारित गर्दै नयाँ नेतृत्व चयन गरेको हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .