ad ad

कला


‘द कपिल शर्मा शो’ बन्द गरिँदै

‘द कपिल शर्मा शो’ बन्द गरिँदै

फाइल फाेटाे


नेपालखबर
बैशाख ४, २०८० सोमबार १४:४८, काठमाडौँ

कपिल शर्माद्वारा सञ्चालित भारतीय चर्चित टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा शो’ केही समयका लागि बन्द गरिने भएको छ।

भारतीय टीभी च्यानल ‘सोनी’बाट प्रसारण भइरहेको उक्त शो आगामी मे महिनादेखि बन्द गरिने सम्भावना रहेको इन्डियन एक्सप्रेसले जनाएको छ। तर समय निश्चित भइसकेको छैन। 

उक्त सञ्चारमाध्यमका अनुसार कार्यक्रम सञ्चालक कपिल शर्माले केही समय ‘ब्रेक’ लिन खोजेका हुन्। उनले कार्यक्रमबाट छोटो समय फुर्सद लिएर आफ्नो परिवारसँग बिताउन चाहेका छन्। 

कार्यक्रम बन्द भएको अवधिमा यसको स्वरूपमा केही परिवर्तन गर्ने र नयाँ कुरा थप्ने योजना पनि छ।

इन्डियन एक्सप्रेसले ‘द कपिल शर्मा शो’को निकट स्रोतलाई उधृत गर्दै छोटो समय विश्राम लिँदा यसअघि पनि कार्यक्रमलाई पुनर्संरचना गर्न मद्दत पुगेको उल्लेख गरेको छ। 

‘त्यस्तै कमेडी आफैँमा कठिन विधा हो। कलाकारहरूलाई पनि एकोहोरो नहोस् भन्नका लागि ब्रेक चाहिन्छ’, स्रोतले भनेको छ, ‘केही समय बिदा बसेपछि सबै जना फेरि ताजा भएर आउनेछन् र हामी नयाँ संरचनामा काम गर्न सक्नेछौँ।’ 

तर कति समय ब्रेक लिने भन्ने पनि अहिले निधो भएको छैन।

कपिलले यसअघि सन् २०२१ र २०२२ मा पनि यस्तो बिदा लिएका थिए। 

‘द कपिल शर्मा शो’ सन् २०१६ मा सुरु गरिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .