ad ad

कला


जापानी फिल्म पनि खेलेका छन् अनुपम खेरले, सेयर गरे दुर्लभ भिडिओ

जापानी फिल्म पनि खेलेका छन् अनुपम खेरले, सेयर गरे दुर्लभ भिडिओ

नेपालखबर
बैशाख ४, २०८० सोमबार १६:५६, काठमाडौँ

अनुपम खेर बलिउडका चर्चित कलाकार हुन्। उनले विभिन्न भूमिकामा खेलेर आफ्नो अभिनय क्षमता प्रमाणित गरेका छन्।

बलिउडबाहेक उनले जापानी चलचित्रमा समेत काम गरेका छन्। २५ वर्षअघि अनुपम खेरले जापानी फिल्ममा सुभाषचन्द्र बोसको भूमिका निर्वाह गरेका थिए। हालै उनले सो फिल्मको एउटा दुर्लभ भिडिओ सामाजिक सञ्जालमा सेयर गरेका छन्।

अनुपम खेरले यस्तो क्याप्सन लेखे
अनुपम खेरले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टबाट भिडिओ सेयर गरेका छन्। यसमा उनी सुभाषचन्द्र बोसको चरित्रमा देखिएका छन्। भिडिओ क्लिप सेयर गर्दै उनले लेखेका छन्, ‘सन् १९९८ को जापानी फिल्म ‘प्राइड’मा मैले सुभाष चन्द्र बोसको भूमिका निर्वाह गरेको धेरैलाई थाहा छैन।’

फिल्म १९९८ मा रिलिज भएको थियो
भिडिओमा सुभाष चन्द्र बोसको चरित्रमा अनुपम खेर भन्छन्, ‘म सुभाष चन्द्र बोस भगवानसँग कसम खान्छु कि म भारत र मेरा ३८ करोड जनतालाई स्वतन्त्र गराउनेछु।’ मे २३, १९९८ मा रिलिज भएको ुप्राइडुलाई दिग्गज जापानी फिल्म निर्माता शुन्या आइटोले निर्देशन गरेका थिए। 

अनुपम खेरले सेयर गरेको भिडिओ

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गरे प्रशंसा 
अनुपम खेरको उक्त भिडिओमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबाट रोचक कमेन्ट आइरहेका छन् र उनीहरूले अनुपम खेरको तारिफ गरिरहेका छन्। भारतीय तथा अन्तर्राष्ट्रिय गरी ५ सयभन्दा बढी फिल्ममा काम गरेका अनुपम खेरले राजनीतिज्ञको भूमिका पनि निर्वाह गरेका छन्। उनले ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’मा पूर्व प्रधानमन्त्री मनमोहन सिंहको भूमिका निर्वाह गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .