ad ad

कला


चलचित्रमा ललितकलाका विषयलाई समेट्न आग्रह

चलचित्रमा ललितकलाका विषयलाई समेट्न आग्रह

नेपालखबर
बैशाख २४, २०८० आइतबार १९:४१, काठमाडौँ

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा आइतबार ‘चलचित्र र क्यानभास’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, चलचित्रकर्मी नीर शाह थिए। कार्यक्रममा अतिथिको रुपमा निर्देशक छिरिङ रितार शेर्पा, चलचित्र निर्देशक समाजका निवर्तमान अध्यक्ष तथा सम्पादक, निर्देशक रक्षा सिंह राणा, कलरिष्ट कपिल पराजुली, कला निर्देशक निर्जल श्रेष्ठ, कलाकार अशोकमान सिंह लगायत उपस्थित थिए।

कार्यक्रममा बोल्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’ले चलचित्रलाई साहित्य, कला र संगीतको समुच्च विधाको रुपमा व्याख्या गरे। उनले भने, ‘यो विधामा ललितकलाको पनि उपस्थिती रहेको हुन्छ। तर यसमा त्यति बहस भएको देखिन्न्। त्यसैलाई सम्बोधन गर्न हामीले यस कार्यक्रम गरेका हौं।’

उनले आगामी दिनमा चलचित्रमा ललितकलाका विषयलाई पनि समेट्न आग्रह गरे।

नेपाल चलचित्र तथा र्सास्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले चलचित्रलाई अलिकति फराकिलो दायरामा लैजाने उद्देश्यले गरेको जानकारी गराए।

छायाँकार दिपक बज्राचार्यले चलचित्रको एलिमेन्ट्स र चित्रमा प्रयोग गर्ने एलिमेन्ट्स मिल्ने बताए।

चलचित्र निर्देशक रक्षा सिंह राणाले क्यानभासलाई आफूले एउटा भिजन भनेर बुझ्ने बताए।

कलाकार अशोकमान सिंहले रंग आफैमा संवेदनशील हुने बताए। उनले हरेक रंगले जीवनमा प्रभाव पारिरहेको धारणा राखे। चलचित्रमा प्रयोग गर्ने रंग र कलामा प्रयोग गर्ने रंग फरक हुने उनको धारणा थियो।

रंग संयोजक कपिल पराजुलीले इलेक्ट्रीकल्ली जेनेरेटेड कलर र प्राकृतिक कलर मिलाउन खोज्दा गाह्रो हुने गरेको धारणा राखे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .