ad ad

कला


दीपक मनाङेका लागि नायिका खोज्दै ‘बाघचाल’ टिम, अनलाइनबाटै यसरी दिन सकिन्छ अडिसन

दीपक मनाङेका लागि नायिका खोज्दै ‘बाघचाल’ टिम, अनलाइनबाटै यसरी दिन सकिन्छ अडिसन

नेपालखबर
जेठ २९, २०८० सोमबार ११:३०, काठमाडौँ

गण्डकी प्रदेशका सांसद दीपक मनाङे अभिनेता रहने फिल्म ‘बाघचाल’को अभिनेत्रीका लागि निर्माण समूहलेअडिसन आह्वान गरेको छ। टिमले देश तथा विदेशमा रहेका नेपाली महिलाका लागि डिजिटल अडिसन आह्वान गरेको हो।

बाघचाल यसअघि रिलिज भएको फिल्म ‘लाखे’बाट प्रशंसा बटुलेका निर्देशक सम्राट बस्नेतले निर्देशन गर्नेछन्। उनी द्वन्द्व निर्देशक पनि हुन्। निर्देशक बस्नेतका अनुसार अडिसनमा सहभागी हुन चाहनेले आफ्नो फोटोसहित २ मिनेटको भिडिओ पठाउन सकिनेछ।

अडिसनमा सहभागी हुन फोटोसहित २ मिनेटको आफ्नो प्रस्तुति रहेको भिडिओ basnetsamrat99@gmail तथा ह्वाट्सएप नम्बर +९७७९८४३८३२४४ मा असार ७ गतेसम्म पठाउनुपर्ने बस्नेतले बताए।

निर्माण टिमले यसअघि सामाजिक सञ्जालमार्फत् सूचना निकाल्दै फिल्ममा आवश्यक ७ कलाकारका लागि अडिसन आह्वान गरेको थियो। जसअनुसार शनिबार र आइतबार राजधानीमा अडिसन सम्पन्न भएको छ।

अडिसनमा १ सय ५१ जना सहभागी थिए। दुई दिनको अडिसनबाट छानिएका र डिजिटल अडिसनबाट छानिने मुख्य अभिनेत्रीको नाम आगामी असार १० गते सार्वजनिक गरिने निर्माण समूहले जनाएको छ।

उत्तरगया म्युजिक एण्ड फिल्म तथा सबिन फिल्मस्को ब्यानरमा बन्ने फिल्ममा न्युलक्ष्मी ज्वेलर्स (यूके)को सहकार्य रहनेछ।

राजीव गुरुङ (दीपक मनाङे)को प्रस्तुतिमा निर्माण हुने फिल्ममा कलाकारका रुपमा सांसद राजीव गुरुङ (दीपक मनाङे), सबिन श्रेष्ठ यसअघि नै फाइनल भइसकेका छन्।

फिल्म निर्माणमा धनबहादुर गुरुङ (डिबी), टिकाराम भण्डारी, समिर शाही र कृष्ण थापाले सहकार्य गर्नेछन्।  अभिनेता सबिन श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .