ad ad

कला


ओस्कार मनोनयनः सबैलाई पछि पार्‍यो जोकरले

ओस्कार मनोनयनः सबैलाई पछि पार्‍यो जोकरले

नेपालखबर
पुस २९, २०७६ मंगलबार ८:४८,

सोमबार ९२ औँ एकेडेमी अवार्डका लागि मनोनयन सार्वजनिक भएको छ। सुपरभिलेन फिल्म ‘जोकर’ ११ विधामा मनोनयनमा पर्न सफल भएको छ। उत्कृष्ट फिल्मतर्फ मनोनयनमा परेर दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ ले इतिहास रचेको छ।

मार्टिन स्कोरसिज निर्देशित ‘दि आइरिसम्यान’, क्विन्टिन टारान्टिनो निर्देशित ‘वन्स अपन..’ र पहिलो सम्बन्धी साम मेन्डेस निर्देशित फिल्म ‘१९१७’ ले १०–१० मनोनयन प्राप्त गरेका छन्।

उत्कृष्ट फिल्मको उपाधि हात पार्न ‘फोर्ड भर्सेस फरारी’, ‘दि आइरिसम्यान’, ‘जोजो र्‍याबिट’, ‘जोकर’, ‘लिटिल विमेन’, ‘वन्स अपन अ टाइम इन हलिउड’, ‘म्यारिज स्टोरी’, ‘प्यारासाइट’ र १९१७ स्पर्धामा छन्।
उत्कृष्ट निर्देशकको स्पर्धामा महिला निर्देशक नपरेपछि एकेडेमीको आलोचना भएको छ।

स्कारलेट जोहानसन ‘म्यारिज स्टोरी’ का लागि उत्कृष्ट अभिनेत्रीका र जोजो र्‍याबिटका लागि उत्कृष्ट सहअभिनेत्रीमा मनोनयनमा परेकी छन्।

उत्कृष्ट अभिनेतातर्फ एन्टोनियो बान्डेरास, लियोनार्डो डिक्याप्रियो, एडम ड्राइभर, वाकिन फिनिक्स र जोनाथन प्राइस मनोनयनमा परेका छन् भने उत्कृष्ट अभिनेत्रीतर्फ सिन्थिया एरिभो, स्कारलेट जोहानसन, सेर्सो रोनान, रेनी जेलविगर र चार्लिज थेरोन स्पर्धामा छन्।

उत्कृष्ट निर्देशकतर्फ भने मार्टिन स्कोर्सिज, क्विन्टिन टारान्टिनो, बङ जुन हो, साम मेन्डेस र टोड फिलिप्स मनोनित भएका छन्।

फेब्रुअरी ९ मा अवार्ड समारोह आयोजना हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .