ad ad

कला


बालेनविरुद्ध अदालत पुगे चलचित्र प्रदर्शक

बालेनविरुद्ध अदालत पुगे चलचित्र प्रदर्शक

बालेन्द्र शाह


नेपालखबर
असार ४, २०८० सोमबार १५:५१, काठमाडौँ

हिन्दी फिल्म ‘आदिपुरुष’ले निम्त्याएको विवादका कारण आजबाट नेपालभरका हलमा यो चलचित्र प्रदर्शनमा रोक लगाइएको छ।

फिल्ममा समावेश ‘जानकी भारती छोरी हुन्’ भन्ने संवादका कारण सुरु भएको विरोध नेपालमा मात्रै होइन भारतमा पनि जारी छ।

फिल्म ‘आदिपुरुष’मा समावेश यो संवाद भारतमा रिलिज हुने फिल्मबाट समेत नहटाए काठमाडौंका हलमा सम्पूर्ण हिन्दी फिल्मको प्रदर्शन रोक्न काठमाडौैं महानगरका मेयर बालेन शाहले चेतावनी दिएका थिए।

उनले फिल्म सच्चाउन ३ दिनको समयसिमा दिएका थिए। तर, फिल्म सच्चिएन।

बालेनपछि पोखरा र धरानका मेयरले पनि फिल्मको प्रदर्शन रोक्न निर्देशन दिए। यो सँगै फिल्मको नेपाल वितरण कम्पनीले देशभरका हलमा ‘आदिपुरुष’ रोक्न निर्देशन दियो।

तर, एउटा फिल्मका कारण सम्पूर्ण हिन्दी फिल्मकै प्रदर्शन रोक्न निर्देशन दिएको भन्दै बालेनविरुद्ध प्रदर्शन उभिएका छन्। चलचित्र प्रदर्शकहरु अदालत पुगेका छन्।

बालेनको यो निर्णयविरुद्ध उजुरी दिने तयारी गरेको चलचित्र संघका उपत्यका सभापति प्रज्ज्वल शमशेर जबराले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .