ad ad

कला


एकल महिलाको चाहना र संवेदना बोल्ने ‘बगान’को टिजर सार्वजनिक

एकल महिलाको चाहना र संवेदना बोल्ने ‘बगान’को टिजर सार्वजनिक

नेपालखबर
असार ६, २०८० बुधबार १४:२५, काठमाडौँ

पुराना अभिनेता सरोज खनालको डेब्यू निर्देशन रहेको फिल्म ‘बगान’को टिजर रिलिज गरिएको छ। १ मिनेट १३ सेकेन्ड लामो टिजरले फिल्मको कथावस्तु बोलेको छ। 

शिर्ष २ पात्रको कथालाई समानान्तर रुपमा प्रस्तुत गरेको टिजरमा एकातिर करिश्मा मानन्धर र सरोज खनालको जोडी अर्कोतिर आकाश श्रेष्ठ र प्रमिला कार्कीको जोडि देखिन्छन्। 

करिश्माले यो फिल्ममा एकल आमाको भूमिका निर्वाह गरेकी छिन्। फिल्ममा एकल महिलाको चाहना र संवेदनालाई प्रमुखताका साथ उठाउन खोजिएको छ।

नारीप्रधान भनिएको फिल्मको टिजरमा नीर शाह, मिथिला शर्मा, बसुन्धरा भुसाललाई पनि देखाइएको छ।  स्वप्न नीरवको पटकथा रहेको फिल्मलाई सुरेश वाग्लेले निर्माण गरेका हुन्। 

यो फिल्म असार २९ गतेबाट रिलिज हुँदैछ।

भिडिओः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .