ad ad

कला


रोडिजको पाँचौँ शृंखला साउन ८ देखि

रोडिजको पाँचौँ  शृंखला साउन ८ देखि

नेपालखबर
असार १९, २०८० मंगलबार १२:४४, काठमाडौँ

युवा पुस्तामा लोकप्रिय एन्डभेन्चर रियालिटी शो ‘रोडिज’को पाँचौँ शृंखला साउन ८ गतेदेखि प्रसारणमा आउने भएको छ।

हिमालय टिभीले ‘रोडिज’को पाँचौँ सिजन हरेक सोमबार राति ८ बजे देखि १० बजे सम्म प्रसारण गर्ने जनाएको छ। 

कार्यक्रम हिमालय टिभी एचडी र हिमालय प्रिमियम दुवै च्यानलबाट एक साथ प्रसारण हुनेछ। यो कार्यक्रम रिटेलिकाष्ट भने हप्ताको ३ पटक हुनेछ।

‘रोडिज’को पाँचौँ सिजनबाट नयाँ होस्टका रूपमा सुरजसिंह ठकुरी भित्रिएका छन्। यो सिजनमा नयाँ ग्याङ लिडरका बनेर अभिनेत्री प्रियंका कार्की भित्रिएका छन्। 

पावर अफ फाइभ थिमसहित सुरु हुन लागेको यो शोमा आशिष राना लाउरे, अनुपविक्रम शाही र दिया मास्के ग्याङ लिडरका रुपमा दोहोरिएका छन्।  शोलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .