निर्देशक दीपेन्द्र के खनालले फिल्म ‘मेयर’ बनाउने भएका छन्। खनालले यो नाम चलचित्र विकास बोर्डमा दर्ता गराएका छन्।
उनले यो नाम दर्ता गरेसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबारे फिल्म बनाउन लागेको हल्ला सुरु भएको छ।
यस विषयमा खनाल भन्छन्, ‘अहिले फिल्मको नाम मात्रै दर्ता गरिएको छ। फिल्मको सम्पूर्ण काम बाँकी छ। मेयर भन्नेबित्तिकै बालेन शाहलाई मात्र बुझ्न भएन। कोही मेयरको बायोग्राफी हो तर कसको भनेर पछि खुलाउँला।’
यसअघि राजु गिरीले पनि ‘मेयर साहेब’ फिल्म बनाउने घोषणा गरिसकेका छन्। छिट्टै छायांकनमा जाने भनेको यो फिल्मको स्क्रिप्टमा काम भइरहेको छ।
निर्देशक खनाल यतिबेला ‘पशुपति प्रसाद २ः भस्मे डन’ मा व्यस्त छन्। यो फिल्मको छायांकन सकिएको छ। टुकी आर्टस् ब्यानरमा निर्माण भएको फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा सिवाकोटी, प्रकाश घिमिरे, रवीन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगरलगायत कलाकारले अभिनय गरेका छन्।
Shares
प्रतिक्रिया