ad ad

कला


के आफ्नो फिल्मको टिकट आफैँ किन्छन् शाहरुख खान?

के आफ्नो फिल्मको टिकट आफैँ किन्छन् शाहरुख खान?

नेपालखबर
असार २८, २०८० बिहिबार १७:५९, काठमाडौँ

बलिउड अभिनेता शाहरुख खानको फिल्म 'जवान' चाँडै रिलिज हुँदै छ।

हालै मात्र जवान फिल्मको ट्रेलर रिलिज भएको छ। जसलाई अहिलेसम्म करोडौं मानिसले हेरिसकेका छन्। 

यस्तोमा शाहरुख खानले पठान फिल्मको जस्तै आक्रमक प्रचार थालेका छन्। 

शाहरुख खानले ट्विटर पर #AskSrk ह्यासट्यागमार्फत फ्यानहरुको केही प्रश्नको पनि जवाफ दिएका छन्। 

शाहरुख खान फिल्म रिलिज हुने मौकामा यसैगरी सवाल जवाफका लागि चर्चित मानिन्छन्। 

शाहरुखले यस्तै  एक प्रश्नको जवाफ बिहीबार ट्विटरबाट दिएका छन्। 

यस्तै प्रश्न पहिले पनि उनलाई गरिएको थियो। खासगरी त्यसबेला जब पठान फिल्मले अनेक कीर्तिमान तोड्दै ठूलो कमाइ गरेको थियो। 

त्यसबेला सामाजिक सञ्जालमा चलचित्रका फ्यानहरुले शाहरुखलाई आफ्नै फिल्मको टिकट खरिद गरेको आरोप लगाएका थिए। 

यस पटक पनि ट्विटरमा शहजाद क़ुरैशीले सोधेका छन्, 'तिमी के आफ्नो फिल्मको टिकट आफैँ किन्ने गर्छौ?'

शाहरुखले त्यसमा जवाफ दिए- तिमी के आफ्नो तलब आफैँ दिन्छौ?

अर्का एक फ्यानलले सोधे-पठानले अत्यधिक कमाई गर्‍यो। अब तपाईं जवानलाई लिएर कतिको आशावादी हुनुहुन्छ?

शाहरुखले जवाफ दिए- एकै आशा हुन्छ सधैँ भरी तपाईंहरु सबैलाई मनोरञ्जन दिऊँ। आशा छ तपाईंहरुलाई जवान पनि राम्रो लाग्नेछ।

शाहरुखका अनुसार यो फिल्ममा अरिजीत सिंहको एक गीत पनि राखिएको छ। शाहरुखले भने- जहाँ म हुन्छु, त्यहाँ अरिजीत दादा त अवश्य हुन्छन् नै।

एक फ्यानले शाहरुखलाई उनको मुडुलो रुप मन परेको बताए। यसबारे शाहरुखले भने- मलाई पनि मन पर्‍यो, किन कि अब मसँग देखाउनका लागि अझै ठूलो अनुहार छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .