काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह सामाजिक सञ्जालमा निकै सक्रिय छन्। उनी फेसबुक, ट्विटरमार्फत आफ्ना विचार सार्वजनिक गरिरहन्छन्।
र्यापरसमेत रहेका उनी सामाजिक सञ्जालमा बेलाबेला कविता, गीतमार्फत पनि आफ्ना भावना व्यक्त गरिरहेका हुन्छन्।
यसै क्रममा उनले आज शनिबार कविता लेखेका छन्।
जुन यसप्रकार छ–
भन्नलाई संसारकै सजिलो ,
हुनलाई एकदमै गाह्रो,
देखिन साह्रै नै गाह्रो,
सबै धर्मभन्दा ठूलो, सबै जातभन्दा माथि,
सबै कर्मभन्दा ठूलो , हरेक आँट भन्दा माथि,
मृत्यु हरेक दिन, धान्न सबल छौ के त?
एउटै मात्र छ प्रश्न– असल छौ के त?
501
Shares
प्रतिक्रिया