भदौ १ देखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जुलेबी’को टिजर सार्वजनिक गरिएको छ। एक मिनेट १० सेकेन्ड लामो टिजरमा प्रेम तथा रोमान्सका दृश्यलाई विशेष स्थान दिइएको छ।
आभा शर्मा नेपालले निर्माण गरेको फिल्मले ३ घटनालाई चित्रण गर्ने बताइएको छ। फिल्मका कार्यकारी निर्माता नवीन भट्ट हुन्।
एन्थ्रोलोजी जनरामा निर्माण भएको यो फिल्ममा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापालगायत कलाकारले अभिनय गरेका छन्।
फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मका निर्देशन गणेशदेव पाण्डे हुन्। विवेक खड्काको छायांकन रहेको फिल्मको सम्पादन अञ्जय खड्काले गरेका हुन्।
45
Shares
प्रतिक्रिया