ad ad

कला


सन्नी देओलको आँसु पुछ्न पुगिन् अमिषा पटेल

सन्नी देओलको आँसु पुछ्न पुगिन् अमिषा पटेल

नेपालखबर
साउन ११, २०८० बिहिबार १३:४१, काठमाडौँ

अभिनेता सन्नी देओल तथा अभिनेत्री अमिषा पटेलको बहुप्रतिक्षित फिल्म ‘गदर २’को ट्रेलर सार्वजनिक भएको छ।

गएराती मुम्बईमा भएको ट्रेलर सार्वजनिक कार्यक्रमको माहोल निकै भावुक देखिन्थ्यो।

फिल्मको ट्रेलर रिलिजको एक भिडिओ सामाजिक सञ्जालमा भाइरल भैरहेको छ। भिडिओमा सन्नी र अमिषा स्टेजमा देखिएका छन्। कार्यक्रममा सनी देओल ताराको गेटअपमा पुगेका थिए भने अमिषा सकिनाको गेटअपमा पुगेकी थिइन्।

अभिनेताले सुन्तला रंगको कुर्ता, सेतो पठानी सलवार र कोट लगाएका छन्।

अमिषा रातो शरारा सूटमा देखिएकी थिइन्। यो अवतारमा उनी निकै सुन्दर देखिएकी छिन्। स्टेजमा पुग्ने बित्तिकै मानिसहरुको माया देखेर सन्नीको आँसु आयो। यहि क्रममा अमिषाले सन्नीको आँसु पुछिदिएकी छिन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको यो भिडिओ दर्शकले रुचाएका छन्।

‘गदरः एक प्रेम कथा’ सन् २००१ मा रिलिज भएको थियो। यो फिल्म रिलिज भएको २२ वर्षपछि फिल्मको सिक्वेल प्रदर्शनमा आउन लागेको हो।

सन्नी देओलले फिल्म ‘गदर’मा तारा सिंहको भूमिका निभाएका थिए। उनी अहिले पनि तारा सिंहकै रुपमा देखिने छन्।

फिल्ममा सनी र अमिषासँगै उत्कर्ष शमर्मा पनि शीर्ष भूमिकामा देखिनेछन्। 

फिल्म ‘गदर २’ अगस्ट ११ मा हलमा रिलिज हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .