ad ad

कला


अभिनेत्री केकी अधिकारी जुम ब्युटी एकेडेमीको ब्रान्ड एम्बेस्डर नियुक्त

अभिनेत्री केकी अधिकारी जुम ब्युटी एकेडेमीको ब्रान्ड एम्बेस्डर नियुक्त

नेपालखबर
साउन १२, २०८० शुक्रबार २०:६, काठमाडौँ

जुम ब्युटी एकेडेमीले नायिका केकी अधिकारीलाई आफ्नो ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ। आज (शुक्रबार) एकेडेमीको महाराजगञ्ज शाखामा एक औपचारिक कार्यक्रम गरी एकेडेमीले नायिका अधिकारीलाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको हो।

एकेडेमीका सञ्चालकद्वय सौन्दर्यविद् जुनु चक्रधर र कृषप तनावासुले नायिका अधिकारीलाई ब्राण्ड एम्बेस्डर पाउँदा आफूहरुलाई ठूलो हौसला थपिएको भन्दै एकेडेमीले अझै आफ्नो क्षमता र अन्तर्राष्ट्रिय स्तरमै गुणस्तरीयता बढाउँदै जाने बताए।

नायिका अधिकारीले व्युटीसियन क्षेत्रमा नाम र काम दुवैमा अब्बल जुम ब्युटी एकेडेमीसँग जोडिन पाएकोमा खूशी व्यक्त गर्दै यसको सफलताको साक्षी बन्ने अवसर दिएकोमा सञ्चालकद्वयलाई धन्यवाद दिएकी छन्।

कुपनडोलमा प्रधान कार्यालय रहेको जुम ब्युटी एकेडेमीका महाराजगञ्ज, कलंकी, बौद्ध चुच्चेपाटी, तीनकुने, भक्तपुर, बनेपा, ग्वार्खो, गोंगबु, बालाजु र तीनकुनेमा शाखाहरु सञ्चालित छन्। एकेडेमीले पछिल्लो समय काठमाडौँको स्वयम्भूमा ११ औँ शाखा सञ्चालनमा ल्याएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .