ad ad

कला


‘बडी डबल’बिनै हात्तीसँग लडेका थिए ऋतिक

‘बडी डबल’बिनै हात्तीसँग लडेका थिए ऋतिक

नेपालखबर
साउन १३, २०८० शनिबार ९:८, काठमाडौँ

ऋतिक रोशनले फिल्म ‘जोधा अकबर’मा हात्तीको लडाइँको दृश्य बिना बडी डबल गरेका थिए। यो खुलासा फिल्मका स्टन्ट निर्देशक रवि दिवानले गरेका हुन्। यो सिलसिलाका लागि सुटिङ हुनुभन्दा चार–पाँच महिनाअघि पोथी हात्ती ल्याइएको थियो।

ऋतिकले फुर्सदको समयमा हात्तीलाई केरा खुवाउँथे। जसका कारण हात्तीले ऋतिकलाई चिन्न थाल्यो। स्टन्ट निर्देशक रवि दिवानका अनुसार छायांकनका क्रममा त्यहाँको तापक्रम निकै तातो थियो। हरेक दृश्यपछि हात्तीमाथि पानी खन्याउनुपर्ने थियो।

ऋतिकले आफैंले गरे खतरनाक स्टन्ट
फिल्म जोधा अकबरको महिमाको चर्चा आज पनि छ । फिल्मका लागि करोडौंको सेट राखिएको थियो । फिल्ममा ऋतिक रोशनले मुगलिया शासक अकबरको भूमिका निभाएका थिए । फिल्मको एक दृश्यमा उनी हात्तीसँग लडिरहेको देखिएका छन् । प्रायः यस्ता खतरनाक दृश्यहरूमा कलाकारहरूको बडी डबल स्टन्ट हुन्छ।

तर, ऋतिकले यो दृश्य आफैं गर्ने निर्णय गरे । बलिउड ठिकानासँग कुरा गर्दै फिल्मका निर्देशक रवि दिवानले भने– ऋतिकले यो दृश्य निकै व्यावसायिक ढंगले कार्यान्वयन गरेका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .