ad ad

कला


‘अदृश्य’ले पायो ‘पीजी सर्टिफिकेट’, १६ वर्षमुनिकाले हेर्दा अभिभावक चाहिने

‘अदृश्य’ले पायो ‘पीजी सर्टिफिकेट’, १६ वर्षमुनिकाले हेर्दा अभिभावक चाहिने

नेपालखबर
साउन १४, २०८० आइतबार १३:२८, काठमाडौँ

आगामी शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘अदृश्य’ सेन्सर पास भएको छ। फिल्मले केन्द्रीय चलचित्र जाँच समितिबाट पीजी सर्टिफिकेट पाएको हो।

अब यो फिल्म हेर्न जाने १६ वर्षमुनिका बालकालिकाले अनिवार्य रुपमा अभिभावकको साथमा जानु पर्नेछ।

पिताम्बर फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा प्रमोद अग्रहरि, रिस्ता बस्नेत, सोहित मानन्धर, प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवि गिरी, सीएम भारद्वाज सुवेदी, विकेश प्रजापती, प्रिन्स प्रसिड सिंह थापा, गीत विष्ट, सुरज विष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतीक भुजेललगायत कलाकारले अभिनय गरेका छन्। 

राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद, उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पार्श्व संगीत, निशान घिमिरेको कलर, बनिश शाहको सम्पादन रहेको फिल्मका प्रोडक्सन म्यानेजर प्रकाश बुढाथोकी र दिलीप पन्त हुन्। 

प्रल्हाद काफ्लेको डेब्यु निर्देशनमा निर्माण भएको फिल्ममा मीना बस्नेत र उमारुद्रा काफ्लेले लगानी गरेका हुन्। रविन अधिकारी र रिकेश खत्री फिल्मका स–निर्माता हुन्। फिल्मलाई आरआर फिल्मस्‌ले वितरण गर्दै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .