ad ad

कला


दुई नेपाली युवाले ल्याए राइडिङ सेयरिङ एप ‘सवारी’, कक्रोज ब्रान्ड एम्बेस्डर!

दुई नेपाली युवाले ल्याए राइडिङ सेयरिङ एप ‘सवारी’, कक्रोज ब्रान्ड एम्बेस्डर!

नेपालखबर
साउन १६, २०८० मंगलबार १२:११, काठमाडौँ

नेपाली युवाहरु मिलेर बनाएको राइडिङ सेयरिङ एप सवारीको ब्रान्ड एम्बेस्डरका रुपमा हरिश निरौला 'कक्रोज' नियुक्त भएका छन्। 

सोमबार काठमाण्डौँमा सवारीले आफ्नो सेवा उद्घाटनको घोषणा गर्दै  कक्रोजलाई ब्रान्ड एम्बेस्डर घोषणा गरेको हो।

हाल काठमाण्डौँ, भक्तपुर र ललितपुरलाई विशेष आधार बनाएर विभिन्न राइडिङ सेयरिङ एप बनाए पनि सवारी एपले देशका विभिन्न प्रमुख सहरहरुमा बाइक, कार, ट्याक्सी र ट्याम्पोको सेवा दिने गरी सञ्चालनमा ल्याएका हुन्। 

यसका लागि मोबाइलमा सवारी एप डाउनलोड गरेर सजिलैसँग अनलाइन सेवा लिन सकिनेछ।

कार्यक्रममा बोल्दै कक्रोजले बजारमा आएका विभिन्न राइडिङ सेयरिङ एप भए पनि विदेशी लगानी र उत्पादन भएको भन्दै त्यसबाट नेपाली रकम बाहिर गएको जिकिर गरे। 

सवारी नितान्त नेपाली युवाहरुले निर्माण गरेको हुदाँ सबैले यसलाई प्रयोग गर्न अनुरोध गरे। 

आफू सवारीको प्रचार प्रसारको लागि सदैव जिम्मेवार रहने बताउदै कक्रोजले यस सवारी एपले आफ्ना दर्शक तथा सेवाग्राहीलाई पुर्ण सन्तुष्टि दिने विश्वस्त रहेको बताए।

कार्यक्रमका विशेष अथिति दीपक आचार्य 'काकु'ले सवारीले देशमै रोजगारीको सिर्जन गर्न टेवा पुर्‍याउनेमा विश्वास व्यक्त गर्दै स्वदेशी उत्पादन, विचारलाई प्रोत्साहन गर्न अनुरोध गरे।

कार्यक्रमका प्रमुख अतिथिका रुपमा  कलाकार नीर शाहले सवारीले अन्य विदेशी कम्पनीका राइडिङ सेयरिङ कम्पनीलाई चुनौती दिएर सेवा प्रदान गर्नेमा विश्वास रहेको बताए। 

ती कम्पनीहरुले आफ्नो प्रभाव बढाउन सवारीलाई बद्नामसमेत बनाउन विभिन्न कार्य गर्न सक्ने इंगित गर्दै  त्यसप्रति चनाखो हुँदै सुरिक्षत, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्न शाहले सुझाव दिए।

नेपाली युवाहरु प्रसिद्ध नेपाल र खगेन्द्र नेपाल दुईजना मिलेर यो सेवा सुरुवात गरेका हुन्। 

कार्यक्रममा बोल्दै सवारीका प्रमुख निर्देशक प्रसिद्ध नेपालले आफूहरुले ग्राहकको सुरक्षा, सुविधा र चुस्त दुरुस्त, सर्वसुलभ रुपमा सेवा प्रदान गर्न कटिबद्ध रहेको बताए।

कार्यक्रममा निर शाह, रवि गिरी, दीपक आचार्य काकु, हरिश निरौला कक्रोज लागयतका कालाकारहरु उपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .