मञ्जु थापाको स्वरमा ‘यो तीजमा नजाने माइती’ बोलेको गीत सार्वजनिक भएको छ।
बिहीवार काठमाडौंमा एक कार्यक्रमका बीच गीत सार्वजनिक भएको हो। गीतमा स्वर मञ्जु थापाको रहेको छ भने संगीत शम्भुजित बाँस्कोटाले भरेका छन्।
गीतको भिडिओमा दीपाश्री निरौला, रेजिना उप्रेती, निता ढुंगाना र शिला गजुरेल लगायतका कलाकारको अभिनय छ।
कार्यक्रममा बोल्दै गायिका थापाले मेहनत गरेअनुसार गीत राम्रो बनेको बताइन्। त्यस्तै कार्यक्रममा बोल्दै अभिनेत्री दीपाश्री निरौलाले तीज भन्नेबित्तिकै आफू फुरुङ्ग हुने गरेको बताइन्। उनले गीत र भिडिओ उत्कृष्ट बनेको बताइन्।
त्यस्तै अभिनेत्री रेजिना उप्रेतीले गीत राम्रो रहेको र गीत सुन्नेबित्तिकै मन परेर अभिनय गरेको बताइन्। उनले आफू घरमै तीज मनाउने भएकाले आफ्नो लागि तीज गीत बनेको जस्तो अनुभव भएको बताइन्।
कार्यक्रममा बोल्दै संगीतकार शम्भुजित बाँस्कोटाले गीतमा धेरै मेहनत गरेर बनाएकाले राम्रो रहेको बताए।
संगीतकार बाँस्कोटाले घरमै सबैलाई बोलाएर घरमै तीज मनाएर रमाइलो गर्ने भन्ने सन्देश दिनका लागि गीत सिर्जना गरेको बताए।
Shares
प्रतिक्रिया