ad ad

कला


नयाँ पुस्तासँग आशा भोस्लेको गुनासो : हामीलाई उनीहरु पुरानो शैलीका भन्छन्

नयाँ पुस्तासँग आशा भोस्लेको गुनासो : हामीलाई उनीहरु पुरानो शैलीका भन्छन्

नेपालखबर
साउन २४, २०८० बुधबार १२:१९, काठमाडौँ

गायिका आशा भोस्लेले बलिउड गायनमा ८ दशक समय गुजारिन्। सानै उमेरमा गायनमा लागेकी आशाले ९ दशक उमेर पार गरेकी छिन्।

आज पनि उनी गायनमा उस्तै सक्रय छिन्। 

आगामी महिना दुबईमा आशा भोस्लेको लाइभ कन्सर्ट हुँदैछ। त्यही जानकारी दिने उदेश्यले मुम्बईमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गायिका भोस्लेले आफू फिल्म इन्डस्ट्रीको एक अन्तिम साम्राज्य जस्तै भएको बताएकी छिन्।

उनले भनिन्, ‘म इन्डस्ट्रीका हरेक निर्देशक, निर्माता, गायक र अभिनेताको बारेमा बताउन सक्छु। छलफल गर्न बसेँ भने दुई–तीन दिन लाग्छ। चलचित्र क्षेत्रको इतिहास म बाहेक अरु कसैले बताउन सक्दैन।’

आशा भोस्ले १९४५ मा मुम्बई आएकी थिइन्।  त्यसयता उनी निरन्तर गीत गाइरहेकी छिन्। उनले १० वर्षको उमेरदेखि नै गाउन थालेकी हुन्।

९० वर्षको उमेरमा पुगे पनि मनले २० वर्षको उमेरमा जस्तै उर्जा रहेको भोस्लेले बताइन्। उनले २० भाषामा ११ हजारभन्दा बढी गीत गाएकी छिन्।

आशाले समाचार एजेन्सी एएनआईसँग भनेकी छिन्, ‘आज पनि म दुईदेखि साढे दुई घण्टा आरामसँग लाइभ कन्सर्ट गर्न सक्छु। मलाई बानि भै सक्यो खैर, आजको पुस्ताले हाम्रो कुरा सुन्दैनन्, उनीहरू हामीलाई पुरानो शैलीको भन्छन्, तर म उनीहरूलाई सल्लाह दिन चाहन्छु कि जे गरे पनि धेरै मेहनत गर। यहाँसम्म पुग्न मैले धेरै संघर्ष गरेको छु।’

आशा भोस्लेले जेठी बहिनी लता मंगेशकरका बारेमा पनि बताइन्।

‘लता दीदीसँग मेरो सम्बन्ध निकै सुमधुर थियो। हामी सबैले उहाँलाई धेरै सम्मान गर्यौं। उनलाई प्रश्न सोध्ने हिम्मत कसैको थिएन। हामी उहाँसँग डरायौं। उहाँका गीतहरूको कुरा छोड्नुहोस्। उनका गीत गाउन जो कोहिलाई धेरै गाह्रो छ’, उनले भनिन्।

आजको पुस्तामा आशा भोस्लेको मनपर्ने गायिका को हुन्? भन्ने प्रश्नमा आशाको जवाफ छ, ‘मलाई सुनिधि चौहान धेरै मन पर्छ। उनी सबै प्रकारका गीत गाउन सक्छिन्। उनको स्वर अलि फरक छ। सबैले लताजीको नक्कल गर्छन्, सुनिधिले मात्र त्यसो गर्दिनन्। मलाई उनको यो कुरा मन पर्छ।’

अगस्तमा आशा भोस्लेको ९० औँ जन्मदिनको उत्सवका लागि एक भव्य संगीत कन्सर्टको घोषणा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .