गायक पशुपति शर्मा र गायिका सुशीला गौतमको स्वरमा ‘एक नजर लाइदेउन माया’बोलको तीज गीत सार्वजनिक भएको छ।
सार्वजनिक गीत गायिका गौतमले नै लेखेकी हुन्। विनोद बाजुरालीले संगीत संयोजन गरेको गीतमा खडक बाजुरालीले मिक्सिङ एण्ड मास्टरिङको कला प्रस्तुत गरेका छन्।
गीतको भिडिओमा स्मृति तिमल्सिना ‘गुरुआमा’को निर्देशन रहेको छ।
गीतको म्यूजिक भिडियोमा गायक शर्मा र गायिका गौतमलाई फिचरिङ गरिएको छ।
भिडिओलाई करन चैसिरले छायाँकन गरेका हुन्। भिडिओ मनोज कार्कीले सम्पादन र कलर गरेका हुन्।
गीतको भिडिओ सार्वजनिक गर्दै गायिका गौतमले विगतमा जस्तै माया पाउने आशा रहेको बताएकी छन्।
गौतम र शर्माको तीज गीतमा यो दोस्रो सहकार्य हो।
६ वर्षअघिको तीजमा सुशीला र पशुपतिले ‘जवानीले ढुनुमुनु बनायो’ बोलको गीत ल्याएका थिए।
भिडिओ
237
Shares
प्रतिक्रिया