अमेरिकी पप स्टार ब्रिटनी स्पियर्सका पति साम असघारीले आफ्नो वैवाहिक जीवन टुंगिएको बताएका छन्।
इरानी मूलका असघारी र ब्रिटनी स्पियर्सबीच १४ महिनाअघि मात्र विवाह भएको थियो।
बुधबार दायर गरिएको सम्बन्धविच्छेदको निवेदनमा २९ वर्षीय असघारी र ४१ वर्षीया ब्रिटनी स्पिीयर्सबीच ‘गहिरो मतभेद’ रहेको उल्लेख गरिएको छ।
यो जोडीले सेप्टेम्बर २०२१ मा इन्गेजमेन्ट गरेका थिए भने जुन २०२२ मा विवाह गरेका थिए।
इन्स्टाग्राममा पोस्ट गर्दै असघारीरीले लेखेका छन्, ‘६ वर्षको प्रेम र एकअर्काप्रतिको प्रतिबद्धतापछि मेरी श्रीमती र मैले हाम्रो यात्रा अन्त्य गर्ने निर्णय गरेका छौँ।’
171
Shares
प्रतिक्रिया