बलिउड अभिनेता सनी देओलले मंगलबार बैंक अफ बडोदा निकालेको सम्पत्ति लिलामीसम्बन्धी सूचनामा प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।
उनले भने, ‘यो व्यक्तिगत कुरा भएकाले म टिप्पणी गर्न चाहन्नँ।’
बैंक अफ बडोदाले भाजपा सांसदसमेत रहेका अभिनेता देओलको मुम्बईमा रहेको जुहू बंगलाको लिलामीको लागि नोटिस जारी गरेको थियो।
तर भोलिपल्टै बैंकले ‘प्राविधिक कारण’ भन्दै सूचना फिर्ता लिएको थियो।
465
Shares
प्रतिक्रिया