ad ad

कला


मनाङको ‘हाई अल्टिच्युड’मा किन फुटबल खेल्दै छन् सेलेब्रेटी?

मनाङको ‘हाई अल्टिच्युड’मा किन फुटबल खेल्दै छन् सेलेब्रेटी?

नेपालखबर
भदौ ११, २०८० सोमबार १४:१३, काठमाडौँ

सेलेब्रेटीहरु विभिन्न क्षेत्रसँग जोडिएर अगाडि बढिरहेका हुन्छन्। चलचित्र र अन्य मनोरञ्जनका विभिन्न पाटासँग जोडिएका सेलेब्रेटीहरु पर्दामा मात्र देखिँदैनन्, सामाजिक कार्यसँग राष्ट्र र राष्ट्रियताका विषयमा पनि लागी नै रहेका हुन्छन्। यसै क्रममा नेपाली सेलेब्रेटीहरुले हिमाल अर्थात् हाई अल्टिच्युड ग्राउन्डमा मैत्रीपूर्ण फुटबल खेल्ने भएका छन्।

बाइकस नेपाल र एन्ट फाउन्डेसनले सेलेब्रेटीहरुलाई मनाङको हाई अल्टिच्युडमा लगेर मैत्रीपूर्ण खेल खेलाउन लागेको हो। सिनेमा टुरिजम, हिमाली छायांकनस्थलको प्रचार, वातावरण-पर्यावरण, क्लाइमेट चेन्जका पक्षलाई सकरात्मक रुपमा प्रचार गर्दै हिमाली जनावरहरुको संरक्षण तथा कन्जरभेसनका लागि भन्दै मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्न लागिएको हो। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै एन्ट फाउन्डेनले उक्त जानकारी दिएको हो।

मनाङमा गरिएको प्रकृति संरक्षणको सम्मान गर्दै स्थानीय युवालाइ हिउँ चितुवालगायत वन्यजन्तु संरक्षणमा लागिरहन अभिप्रेरित गर्ने, मानव र वन्यजन्तुबीच सह-अस्तित्व कायम गर्ने, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असरबारे जानकारी गराउने र पर्यापर्यटन प्रवर्द्धनमा प्रोत्साहन गर्ने उद्देश्यले यही भदाै २५-२७ गते मनाङको तिमाङ, पिसाङ र मुजीमा अवस्थित फुटबल मैदानहरुमा सेलिब्रेटी टिमले अरु खेलाडीसँग मैत्रीपूर्ण खेल आयोजना गर्न लागिएको हो।

‘कलाकार देशका गहना हुन्, यसको मतलब राष्ट्र र राष्ट्रियताका लागि हामी पनि आफ्नो भूमिकाबाट चुक्नु हुदैन। हामीले मैत्रीपूर्ण खेलमा सहभागी हुँदा हिमाली जनावरहरुको संरक्षण हुन्छ र वातावरण पर्यावरणबारे सूचना प्रवाह पनि हुन्छ। यसले राष्ट्रियतामा प्रभाव पार्छ। सिनेमा टुरिजम पनि बढ्छ’, एन्ट फाउन्डेसनका अध्यक्ष तथा कलाकार प्रशान्त ताम्राकारले भने।

तीन दिनसम्म हुने खेलमा चार समूहबीच मैत्रीपूर्ण खेल हुनेछ। राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकार, विभिन्न सौन्दर्य प्रतियोगिताका विजेता खेलमा सहभागी हुनेछन्। यस्तै स्थानीय खेलाडीका ३ वटा समूहलाई कान्जिसरा याक, पिसाङ याक र मनाङ याक नाम दिइएको छ। उक्त समूहमा स्थानीय खेलाडीसँगै क्षेत्रीय र राष्ट्रिय खेलाडीसमेत सहभागी हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .