ad ad

कला


सुस्मिताको केमेस्ट्री कोसँग राम्रो– शाहरुख कि सलमान?

सुस्मिताको केमेस्ट्री कोसँग राम्रो– शाहरुख कि सलमान?

नेपालखबर
भदौ ११, २०८० सोमबार १५:१०, काठमाडौँ

सुस्मिता सेन यतिबेला वेब सिरिज तालीका कारण चर्चामा छिन्। यसैबीच, हालै उनले अभिनेताद्वय शाहरुख खान र सलमान खानसँगको केमेस्ट्रीबारे कुरा गरेकी छन्।

दुवै कलाकारसँग आफ्नो विशेष केमेस्ट्री रहेको सुस्मिताको भनाइ छ। उनका अनुसार जहाँ सलमानसँग उनको केमेस्ट्री साथी जस्तै छ, त्यहाँ शाहरुखसँग रोमान्टिक केमेस्ट्री छ। 

इन्डियन एक्सप्रेसलाई दिएको अन्तर्वार्तामा सुस्मितालाई सोधिएको छ– फिल्ममा तपाईंको राम्रो केमेस्ट्री शाहरुख खानसँग हुन्छ कि सलमान खानसँग?

जवाफमा सुस्मिताले भनिन्, ‘दुवैसँगको केमेस्ट्री एकदमै फरक छ। मैले उनीहरूमध्ये एकलाई केमिस्ट्री सिकाएको छु। 

सुस्मिता सेनले शाहरुख खानसँग मै हूँ नामा काम गरेकी थिइन्, जसमा उनले शिक्षिका मिस चाँदनीको भूमिका निर्वाह गरेकी छन्। यस्तै सलमानसँग उनले ‘बीवी नम्बर १’, मैने प्यार क्यूं किया र ‘हम तुमको ना भूल पायेंगे’ जस्ता फिल्ममा काम गरेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .