ad ad

कला


‘मिसेस नेपाल वर्ल्ड २०२३’को फिनालेमा ‘मिसेस वर्ल्ड’ सरगम कौशल आउने

‘मिसेस नेपाल वर्ल्ड २०२३’को फिनालेमा ‘मिसेस वर्ल्ड’ सरगम कौशल आउने

नेपालखबर
भदौ ११, २०८० सोमबार १९:२७, काठमाडौँ

‘मिसेस नेपाल वर्ल्ड २०२३’को फिनालेमा ‘मिसेस वर्ल्ड २०२२’ सरगम कौशलले सहभागिता जनाउने पक्का भएको छ। आयोजक रिबन इन्टरटेनमेन्टले मिसेस वर्ल्ड कौशलले सम्बोधन गरेको भिडियो सन्देश सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो।

कार्तिक पहिलो साता राजधानीमा आयोजना हुने फिनालेमा मिसेस वर्ल्ड कौशलका अलवा नेपालका ख्यातिप्राप्त ब्यक्तित्वहरुको पनि उपस्थिति रहने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी गराएका छन्।

विवाहित महिलाहरूबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्डको विजेताले अमेरिकामा हुने मिसेस वर्ल्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछिन्। यसका साथसाथै, सोही स्टेजमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता पनि चयन गरिने अफिसियल कोरियोग्राफर अश्विनीकान्त झाले जानकारी दिएका छन्।

प्रतियोगिताका लागि आगामी भाद्र १६ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा अडिसन हुने आयोजकले जनाएका छन्। मिसेस नेपाल वर्ल्ड २०२३ को विजेताले २०२३ को अन्तिममा अमेरिकाको लसभेगासमा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने गर्नेछिन्।

त्यसैगरी, मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेताले सिंगापुरमा हुने मिसेस इन्टरनेसनलमा सहभागिता जनाउने पाउनेछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .