संगीतकार नरहरि प्रेमीको संगीतमा नयाँ तीज गीत रिलिज भएको छ। ‘तीजमा रमाईलो’ बोलको सार्वजनिक गीत पुष्पा पौडेलले लेखेकी हुन्।
गीतमा तारा अधिकारीको स्वर सुन्न सकिन्छ। गीतमा राकेश सोनीको म्युजिक एरेन्ज, मिक्सिङ र माष्टरिङ रहेको छ।
गीतको म्यूजिक भिडिओ राज कुमारले निर्देशन गरेका छन्। भिडियो सम्पादन पनि निर्देशक राजले नै सम्पादन गरेका छन्। खेम थापा मगरको सिनेम्याटोग्राफी रहेको भिडियोमा उषा मलाहा ‘सिम्रन’ले सहायक निर्देशकको रुपमा काम गरेकी छिन्।
भिडियोमा वरिष्ठ कलाकार रमा थपलिया, गीतकार पुष्पा पौडेल, संगीतकार नरहरि प्रेमी, गायिका तारा अधिकारी र प्रज्ञा अधिकारी अभिनय तथा नृत्य गरेका छन्।
गीतमा माइती र तीजको महत्व झल्काउने शब्द छन्। तीजमा माइत जान आतुर चेलीको मनोभावना प्रस्तुत गरिएको गीत तीजमा माइत जाने साइते हेराउने, बाडुल्की, सम्झना र तीजको रमाइलो प्रस्तुत गरिएको छ।
Shares
प्रतिक्रिया