ad ad

कला


स्ट्याण्ड अप कमेडी शो नेपाल टुरमा मिसिए भारतीय कमेडियन

स्ट्याण्ड अप कमेडी शो नेपाल टुरमा मिसिए भारतीय कमेडियन

नेपालखबर
असोज ९, २०८० मंगलबार १२:३६, काठमाडौँ

नेपाली कमेडियन अपूर्व क्षितिज र आयुष श्रेष्ठको ‘स्ट्याण्ड अप कमेडी शो नेपाल टुर’ मा भारतीय कमेडियन आकाश मेहताले पनि सहभागिता जनाउने भएका छन्।

आयोजक तक्षक इन्टरटेन्टमेन्टले राजधानीमा एक कार्यक्रम गर्दै कार्यक्रम र कलाकार सार्वजनिक गरेको हो।

‘स्ट्याण्ड अप कमेडी शो नेपाल टुर’ चितवन, पोखरा र काठमाडौँमा आयोजना हुने छ। इो टुरमा आफू जोडिन पाउँदा खुसी लागेको मेहताले बताए।

‘नेपालका कमेडियनहरुसँग कार्यक्रम गर्नु मेरो लागि एउटा खुसीको कुरो हो। अवसरका लागि आयोजकलाई धन्यवाद’ मेहताले सुनाए।

देवर्सको प्रस्तुति ‘लाफ एण्ड क्ल्याप’ को सहभागितामा हुने कार्यक्रम चितवनमा २५ सेप्टेम्बर, पोखरामा २८ सेप्टेम्बर र काठमाडौँमा ३० सेप्टेम्बरमा आयोजना हुनेछ।

कार्यक्रमको डकुमेन्ट्री भिडियो बनाएर विभिन्न स्थानहरूको प्रचार गरिने डकुमेन्ट्रीका निर्देशक सौगातमान सिंह बस्नेतले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .