ad ad

कला


राम बन्न रणवीरले छोडे मासु र रक्सी

राम बन्न रणवीरले छोडे मासु र रक्सी

नेपालखबर
कात्तिक २, २०८० बिहिबार १२:९, काठमाडौँ

भारतीय अभिनेता रणवीर कपुरले मासु र रक्सी नखाने घोषणा गरेका छन्। 

उनले आफ्नो नयाँ प्रोजेक्टका लागि मासु र रक्सी छोडेका हुन्। रणवीर फिल्म रामायणमा काम गर्दै छन्। यो फिल्ममा काम गर्दासम्म मासु र रक्सी दुबै नखाने घोषणा उनले गरेका हुन्।

निर्देशक नितेश तिवारीको यो फिल्ममा रणवीर भगवान् रामको भूमिकामा देखिँदैछन्।

यो भूमिकामा आफूलाई चुर्लुम्म डुबाएका उनले रक्सी छुँदै छोएका छैनन्। सुटिङ पूरा नहुँदासम्म माछामासु  पनि हात नलगाउने मिडिया रिपोर्ट्सहरु आइरहेका छन्।  

फिल्म स्टारहरू हरेक फिल्मको क्यारेक्टरमा डुब्न अनेक उपाय अपनाइरहेका हुन्छन्। रणवीरले पनि आफ्नो क्यारेक्टरलाई न्याय प्रदान गर्न फिल्म छायांकन अवधिभर माछामासु नखाने भएका हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .