ad ad

कला


पुरस्कार पाएपछि कृतिले भनिन्- फ्यान, भगवान र दर्शकलाई धन्यवाद

पुरस्कार पाएपछि कृतिले भनिन्- फ्यान, भगवान र दर्शकलाई धन्यवाद

नेपालखबर
कात्तिक २, २०८० बिहिबार १२:१४, काठमाडौँ

भारतको ६९ औं राष्ट्रिय फिल्म अवार्ड उत्कृष्ट अभिनेत्री अवार्ड आलिया भट्ट र कृति सेनले प्राप्त गरेका छन्। 

नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित भव्य समारोहमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले अवार्डका विजेतालाई पुरस्कार प्रदान गरेकी हुन्।

समारोहमा अभिनेत्री कृतिले फिल्म ‘मिमी’ बाट सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड प्राप्त गरिन्। 

कृति झै अभिनेत्री आलियाले पनि ‘गंगुबाई काठियावाडी’ फिल्मबाट सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड थापेकी हुन्। ‘यो सबैका लागि भगवान्, दर्शक र फ्यानलाई धन्यवाद दिन्छु,’ पुरस्कारपछि कृतिले भनेकी छन्।

सेलिब्रेटीको बाक्लो उपस्थिती रहेको समारोहमा फिल्म ‘पुष्पाः द राइज’बाट अभिनेता अल्लु अर्जुनले सर्वश्रेष्ठ अभिनेताको अवार्ड प्राप्त गरे। 

आर माधवन निर्देशित ‘रकेट्रीः द नाम्बी इफेक्ट’ ले सर्वश्रेष्ठ फिल्मको पुरस्कार जितेको समारोहमा विवेक अग्निहोत्रीको ‘द कश्मीर फाइल्स’ ले नरगिस दत्तलाई समेत अवार्ड दिलायो।

सोही अवसरमा वाहिदा रेहमानलाई दादा साहेब फाल्खे दीर्घ साधना सम्मान समेत प्रदान गरिएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .