ad ad

कला


पहिलो चरणको छायांकन सकेर फर्कियो ‘मायाबी’ टिम

पहिलो चरणको छायांकन सकेर फर्कियो ‘मायाबी’ टिम

नेपालखबर
कात्तिक २, २०८० बिहिबार १२:२१, काठमाडौँ

दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘मायाबी’को पहिलो चरणको छायांकन सकिएको छ। फिल्मको पहिलो चरणको छायांकन मुस्ताङ र पोखरामा ३० दिन लगाएर गरिएको हो। 

फिल्मको पहिलो चरणको छायांकन पश्चात निर्देशक भट्टराई निकै उत्साहित देखिएका छन्। उनले यो फिल्म आफ्नो लागि विशेष भएको र अभिनेता पल शाहको करिअरका लागि महत्वपूर्ण रहेको बताए।

फिल्ममा राज कटुवाल र चन्द्र पन्तको लगानी छ। फिल्मको सह–निर्माताको रुपमा राजु पराजुली, रमा प्रसाँई र नभ्नित झा छन्। फिल्मका कार्यकारी निर्मातामा प्रविन भट्टराई र करण सिंह छन् भने सहयोगी निर्माताको रुपमा अम्बरीश कश्यप छन्। 

यो फिल्ममा पल शाह, दीपिका प्रसाई, सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाँइ लगायतका कलाकारको मुख्य भूमिका छ।

क्रियटिभ सिने आर्ट्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत छ। फिल्मको लाइन प्रोड्यूसरमा राजकुमार कार्की छन्। 

फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन। छायांकनको दोस्रो सेड्यूल दशैँ लगतै सुरु हुने निर्माणपक्षले बताएको छ। यो फिल्मले पोखरा केन्द्रित कथा भन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .