गायक राजु प्रिती र गायिका निशा रणपालको युगल गायनमा रहेको ‘तिमी पनि एक्लै म पनि एक्लै’ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ।
यस गीतमा शब्द, संगीत हाल बार्सिलोनामा बस्दै आएका गीतकार तथा संगीतकार डेकेन्द्र श्रेष्ठको रहेको छ। डान्सिङ भर्सनको यस गीतमा युवा प्रेम र आकर्षणको भावलाई व्यक्त गरिएको छ। गीतमा सरोज बिष्टको संगीत संयोजन रहेको छ।
म्युजिक भिडिओमा सुरेश कोहली र रविना भण्डारीबीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। वीरेन्द्र भट्टले छायाँकन गरेको यस गीतको भिडिओलाई अमृत चापागाईले सम्पादन गरेका हुन्।
प्रविन थापाको कोरियोग्राफी र निर्देशनमा भिडिओ तयार पारिएको हो। गीतकार तथा संगीतकार डेकेन्द्र श्रेष्ठको आधिकारिक युट्युव च्यानल ‘डेकेन्द्र प्रडक्सन’ मार्फत भिडिओ सार्वजनिक गरिएको हो।
48
Shares
प्रतिक्रिया