लाखमान योन्जन तामाङले निर्देशन गरेको फिल्म ‘चारदाम’को पोस्टर सार्वजनिक गरिएको छ।
फिल्मका ४ पोस्टर सार्वजनिक गर्दै फिलम निर्माण टिमले मंसिरमा फिल्म रिलि जगर्ने जनाएको छ।
सार्वजनिक ४ पोस्टर फिल्म विषयवस्तु झल्काउने र कलाकारले भरिएका छन्। फिल्म तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेसभुसा, कला, संस्कार र संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले निर्माण भएको हो। मोहन लोप्चन तामाङ प्रस्तुतकर्ता रहेको फिल्म कोशी भिजनको ब्यानरमा निर्माण भएको हो।
भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायांकन गरिएको ‘चारदाम’मा सुकुमाया मोक्तान तामाङ, सुवास योन्जन तामाङ, शान्ति पाख्रिन, मदन राई, पूर्ण लिम्बू, मोहन लोप्चन, मेनुका राई, कुमारी लिम्बू, सुम्निमा तामाङ लगायत कलाकारहरूको अभिनय छ।
फिल्ममा प्रेम कृष्ण बजगाईको संगीत, सुमन तामाङको छायांकन र हेमन तामाङ सम्पादन छ।
Shares
प्रतिक्रिया