ad ad

कला


के हटेको हो केकी अधिकारी अनलक्की नायिका भन्ने ट्याग?

के हटेको हो केकी अधिकारी अनलक्की नायिका भन्ने ट्याग?

नेपालखबर
कात्तिक १३, २०८० सोमबार १२:२७, काठमाडौँ

नेपाली फिल्म उद्योगमा नायिका केकी अधिकारीलाई अनलक्की नायिकाका रुपमा हेरिन्थ्यो। 

लगातार फिल्ममा काम गरिरहे पनि उनका फिल्म बक्स अफिसमा सफल भएनन्। फिल्मको सफलता असफलताले उनको कामको रफ्तार त घटाएन तर उनले अभिनय गरेका फिल्म लगातार असफल हुँदा अपजस भने लिनु पर्यो।

अब भने केकीको अनलक्की ट्याग बिस्तारै हट्दै गएको छ। उनले अभिनय गरेको ‘छ माया छपक्कै’ सुपरहिट भयो। यसको जस उनले लिन पाइनन्। गतवर्ष फिल्म ‘झिंगे दाउ’ सुपरहिट भएसँगै केकीले सफलताको जस पाउने क्रम सुरु भएको थियो।
 

त्यसलगत्तै प्रदर्शन भएका ‘प्रसाद २ र जय हो’ बक्स अफिसमा असफल भए। यी दुबै फिल्मको शिर्ष भूमिकामा केकीले अभिनय गरेकी छिन्। अर्को सफलता चाख्न केकीले दसैं फर्खिनु पर्यो। 

दसैंमा रिलिज भएको फिल्म ‘परदेशी २’ बक्स अफिसमा सफल भएसँगै केकीको सफलता दोहोरिएको छ।

गत वर्ष ‘झिंगे दाउ’ र यो वर्ष ‘परदेशी २’को सफलताको जस केकीले पाएकी छिन्। अर्को वर्ष ‘झिंगे दाउ २’ रिलिज हुने चर्चा छ। यो फिल्ममा पनि केकी रहने छिन्। सफल फिल्मको सिरिज भएकाले पनि यो फि ल्म चल्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .