ad ad

कला


सकियो चार महिनादेखि चलिरहेको हलिउड कलाकारहरूको हड्ताल

सकियो चार महिनादेखि चलिरहेको हलिउड कलाकारहरूको हड्ताल

नेपालखबर
कात्तिक २३, २०८० बिहिबार १३:३४, काठमाडौँ

महिनौंदेखि चलिरहेको हलिउडका कलाकार हड्ताल अन्त्य हुने भएको छ। कलाकारहरूले चलचित्रको संगठन र टेलिभिजन स्टुडियोसँग अस्थायी सम्झौता गरेसँगै चार महिनादेखिको हड्ताल रोकिने भएको हो।

हड्ताल बिहीबारबाट रोकिने भएपनि सम्झौताको थप विवरणहरु शुक्रबार सार्वजनिक गरिनेछ। यसअघि हलिउडका लेखकको समूहले भने पाँच महिनाको आन्दोलन गत सेप्टेम्बरमा अन्त्य गरेका थिए।

राइटर्स गिल्ड अफ अमेरिका र स्क्रीन एक्टर्स गिल्ड यूनियनका सदस्यहरूको हड्तालले हलिउड उद्योग प्रभावित छ। फिल्म निर्माण गतिविधिहरु रोकिएपछि कलाकारहरूले आर्थिक समस्या भोग्नुपरेको थियो। साथै कतिपय फिल्महरूको रिलिज समेत पोस्टपोन्ड गरिएको छ।

स्क्रिन एक्टर्स गिल्डको अगुवाइमा सुरु भएको आन्दोलनमा स्ट्रिमिङ प्लेटफर्महरुलाई नाफामा समान विभाजन र काम गर्ने उपयुक्त वातावरण सिर्जना गर्न माग गरिएको थियो। पारिश्रमिकमा वृद्धिका साथै आफूहरुलाई एआईको प्रयोगबाट सुरक्षित गर्नुपर्ने माग राख्दै हलिउड कलाकारहरू आन्दोलनमा उत्रिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .