अभिनेता विराज भट्टले नयाँ फिल्म बनाउने घोषणा गरेका छन्।
विराजले एक पोस्टर सेयर गर्दै फिल्म ‘१२ गाउँ’ बनाउन लागेको फेसबुकमार्फत जानकारी दिएका हुन्।
थ्रिलर जनरामा बन्ने फिल्ममा विराजको निर्माण र निर्देशन रहनेछ। सन्तोष सरकारको कथा र पटकथा रहेको फिल्ममा विराज मुख्य भूमिकामा देखिनेछन्। विराज प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मका कलाकारहरूबारे भने खुलाइएको छैन।
विराजले ४ वर्षपछि दोस्रो फिल्म निर्माण र निर्देशन गर्न लागेका हुन्। २०७६ सालमा पहिलोपटक विराजले फिल्म ‘साङ्लो’ बनाएका थिए। जुन फिल्ममार्फत पूर्व मिस नेपाल निकिता चण्डकले डेब्यु गरेकी थिइन्।
45
Shares
प्रतिक्रिया