ad ad

कला


‘बेहुली फ्रम मेघौली’ बनाउँदै स्वस्तिमा, निश्चलसँग जोडी पक्का

‘बेहुली फ्रम मेघौली’ बनाउँदै स्वस्तिमा, निश्चलसँग जोडी पक्का

नेपालखबर
पुस १९, २०८० बिहिबार १७:३४, काठमाडौँ

अहिलेकी चर्चित अभिनेत्री स्वस्तिमा खड्काले फिल्म निर्माण गर्ने भएकी छिन्। स्वस्तिमाको लगानीमा फिल्म ‘बेहुली फ्रम मेघौली’ बन्ने भएको छ।

उनले फेसबुकमार्फत नयाँ फिल्म बनाउन लागेको जानकारी दिएकी हुन्। फेसबुक स्टोरीमा फिल्मको लोकेशनको भिडिओ राख्दै उनले नयाँ च्याप्टर सुरु गर्न लागेको उल्लेख गरेकी छिन्।

यस फिल्ममा स्वस्तिमा र निश्चल बस्नेतको मुख्य भूमिका रहनेछ। विजय बराल पनि फिल्ममा मुख्य भूमिकामा देखिनेछन्।

आकाश बरालको कथा रहेको फिल्मको हाल चितवनका विभिन्न लोकेशन हेरिदैँछ। फिल्मको सुटिङ भने फागुनरचैतबाट सुरु गरिनेछ। रोमान्टिक कथामा बन्ने फिल्मको निर्देशन  पनि आकाशले नै गर्नेछन्।

रियल कपल निश्चल र स्वस्तिमा यसअघि ‘घामड शेरे’ र ‘दिमाग खराब’मा एकसाथ देखिएका थिए। झण्डै २ महिनाअघि रिलिज भएको दिमाग खराब बक्सअफिसमा सफल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .