ad ad

ग्लोबल


भुटानको चुनावमा पीडीपीको जित, छिरिङ तोब्गे फेरि प्रधानमन्त्री बन्ने

भुटानको चुनावमा पीडीपीको जित, छिरिङ तोब्गे फेरि प्रधानमन्त्री बन्ने

नेपालखबर
पुस २५, २०८० बुधबार १३:४८,

भुटानमा भएको संसदीय निर्वाचनमा पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) विजयी भएको छ। यससँगै सो पार्टीका नेता छिरिङ तोब्गे दोस्रो पटक प्रधानमन्त्री बन्ने भएका छन्।

जनवरी ९ मा भएको चुनावमा तोब्गेको पार्टीले ४७ सदस्यीय संसदमा ३० सिट जितेको छ। 

भुटान टेन्ड्रेल पार्टीले १७ सिट प्राप्त गरेको छ।

तोब्गे यसअघि २०१३ देखि २०१८ सम्म भुटानको प्रधानमन्त्री थिए। 

यो भुटानको चौथो आम चुनाव हो। सन् २००८ मा भुटानमा संसदीय चुनाव सुरु भएको थियो। 

यो चरणको निर्वाचनमा तोब्गेको पीडीपी र पेमा छेवाङ नेतृत्वको बीटीपी मात्र सहभागी थिए। नोभेम्बरमा भएको अघिल्लो चरणको चुनावमा अन्य पार्टीहरु प्रतिस्पर्धाबाट बाहिरिएका थिए। सत्तारुढ ड्रुक न्यामरुप सोग्पा पार्टीसमेत बाहिरिएको थियो।

चीन र भारतको बीचमा अवस्थित यो भूपरिवेष्ठित मुलुकमा करिब ८ लाख जनसंख्या छ। यो चुनावमा संकटग्रस्त अर्थव्यवस्था प्रमुख मुद्दा बनेको थियो।

आर्थिक संकट टान भुटानी राजा जिग्मे खेसर नामग्याल वाङचुकले डिसेम्बरमा गेलेफुमा नयाँ सहर स्थापना गर्ने घोषणा गरेका थिए। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .