ad ad

राजनीति


एमालेलाई सिध्याएर भित्तामा टाँसिदिन्छु भन्नेबाट महिलाले जोगाए : केपी ओली

एमालेलाई सिध्याएर भित्तामा टाँसिदिन्छु भन्नेबाट महिलाले जोगाए : केपी ओली

तस्बिर : केपी ओलीको सचिवालय


नेपालखबर
पुस २७, २०८० शुक्रबार १७:३०, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाहरूको उल्लेख्य योगदान रहेको बताएका छन्। 

अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीको तेस्रो बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले महिलाहरूले संगठित वा असंगठित रूपमा देशको हरेक परिवर्तनमा ठूलो योगदान गरेका बताए। 

‘महिलाहरूले असाधारण योगदान गरेका छन्, असाधारण त्याग र बलिदान गरेका छन्’, उनले भने। 

आफ्नो कारणले मात्र होइन कहिलेकाहीँ परिवारका सदस्यको कारणले पनि महिलाले राज्यबाट धेरै यातना खेप्नु परेको ओलीले बताए। राष्ट्रिय र अन्तराष्ट्रियस्तरका हरेक परिवर्तनमा महिलाको भूमिका प्रशंसनीय भएको ओलीको भनाइ छ। 

ओलीले नेपालको राजनीतिक परिवर्तन तथा सामाजिक न्याय र समानताको आन्दोलनमा अखिल नेपा महिला संघ (अनेमसंघ) को असाधारण भूमिका रहेको बताए। 

अनेमसंघ गठन हुनुअघि पनि महिलाहरूले नेपालको परिवर्तनमा असाधारण काम गर्नुभएको उनले स्मरण गरे। 

२००४ सालकै आन्दोलनमा महिलाहरू गिरफ्तारीमा परेको उनले स्मरण गराए। 

त्यसअघि पनि १९९७ देखिकै नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा महिलाहरूले खेलेको भूमिका असाधारण रहेको उनले बताए। 

नेपालको राजनीतिक आन्दोलनलाई त्यहाँसम्म पुर्‍याउन महिलाको असाधारण योगदान रहेको ओलीले बताए। 

नेकपा एमालेलाई पनि आजको अवस्थामा पुर्‍याउन महिलाको सबैभन्दा महत्त्वपूर्ण योगदान रहेको उनले प्रष्ट पारे। ‘विभिन्न समयमा पार्टीमा परेको संकटमा महिलाहरूको भूमिका सबैभन्दा प्रभाकारी छ’, उनले भने। 

एमालेलाई सिद्ध्याएर भित्तामा टाँसिदिन्छु भन्ने केही मानिस लागेका बेला पनि पार्टी जोगाउन पहिलो भूमिका महिलाले निर्वाह गरेको उनले स्मरण गरे।

कतिपय पुरुषलाई के होला के होला भनेर धर्मर धर्मर भएको बेलमा पनि महिला नेता कार्यकर्तामा स्पष्टता र आत्मविश्वास रहेको आफूले पाएको ओलीले सुनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .