ad ad

कला


भारतीय कवि मुनव्वर राणाको निधन

भारतीय कवि मुनव्वर राणाको निधन

नेपालखबर
माघ १, २०८० सोमबार ८:०, काठमाडौँ

भारतका चर्चित कवि मुनव्वर राणाको आइतबार राति लखनउमा निधन भएको छ। 

७१ वर्षीय राणा लामो समयदेखि बिरामी थिए र उनको लखनउको सञ्जय गान्धी पोस्ट ग्रेजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको थियो।

मुनव्वर राणाकी छोरी सुमैया राणाले समाचार एजेन्सी पीटीआईलाई बताएअनुसार उनका बुबाको आइतबार राति अस्पतालमा मृत्यु भएको हो। उनको अन्तिम संस्कार सोमबार गरिने छ।

सन् २०१४ मा मुनव्वर राणालाई उनको पुस्तक ‘शहदाबा’का लागि साहित्य अकादमी पुरस्कार दिइएको थियो। सन् २०१२ मा उनलाई उर्दू साहित्यमा गरेको सेवाका लागि सहिद शोध संस्थानले मती रतन पुरस्कार प्रदान गरेको थियो।

सन् २०१५ मा उत्तर प्रदेशको दादरीमा अखलाकको लिन्चिङ घटनापछि राणाले एक समाचार च्यानलमा प्रत्यक्ष बहसका क्रममा आफ्नो साहित्य अकादमी पुरस्कार फिर्ता गर्ने घोषणा गरेका थिए। उनले देशमा बढ्दो असहिष्णुताका कारण यस्तो निर्णय गरेको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .