ad ad

कला


‘रङ्गेली’को इन्ट्रो टिजरमा फरक अवतारमा दयाहाङ (भिडिओ)

‘रङ्गेली’को इन्ट्रो टिजरमा फरक अवतारमा दयाहाङ (भिडिओ)

नेपालखबर
माघ १, २०८० सोमबार १३:४५, काठमाडौँ

फिल्म ‘रङ्गेली’ को इन्ट्रो टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा मुख्य अभिनेता दयाहाङ राई र अर्पण शर्मासहित मिरुना मगरलाई फरक अवतारमा देख्न सकिन्छ।

विजय पात्रमा देखिएका दयाहाङ र भगवान बावु बनेका अर्पणबीचको दुश्मनीलाई टिजरमा देख्न सकिन्छ। टिजरमा मिरुनालाई थारु समुदायकी युवतीको रुपमा देखाइएको छ। 

अर्जुन सुवेदीको निर्देशन रहेको यो फिल्म आगामी फागुन २५ गते शिवरात्रीको अवसरमा रिलिज हुँदैछ। सुवेदीकै लेखन रहेको फिल्ममा दयाहाङ, मिरुना, अर्पणसहित प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको अभिनय छ। 

यस फिल्मको संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ निर्माता हुन्। सुजन प्रजापतिले खिचेको फिल्मको रेड कार्पेटसहित अमेरिकामा प्रिमियर हुनेछ। 

यो चलचित्र नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिकासहित अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ।

जापान, कोरिया र हङकङमा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ले ‘रङ्गेली’ रिलिज गर्दैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .